महासंघको एसोसिएट उपाध्यक्षमा संघाई प्यानलकी श्रेष्ठ विजयी
वि.सं.२०७९ चैत ३० बिहीवार ०९:५०
789
shares

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत एसोसिएट उपाध्यक्षतर्फ ज्योत्स्ना श्रेष्ठ विजयी भएकी छन् ।
श्रेष्ठले भरतराज आचार्यलाई पराजित गर्दै विजयी भएकी हुन् । श्रेष्ठले ८४६ मत पाउँदा आचार्यले ७८१ मत मात्र पाए ।श्रेष्ठ रामचन्द्र संघाई समूहकी हुन भने आचार्य अन्जन श्रेष्ठ तथा उमेशलाल श्रेष्ठका साझा उम्मेदवार हुन् ।
वि.सं.२०७९ चैत ३० बिहीवार ०९:५०

















