रवि लामिछानेले भने, ‘हामी एक्लै चुनाव लडिरहेका छौं, तालमेल गरेको भन्ने अफवाह मात्रै हो’
वि.सं.२०८० वैशाख १० आइतवार १०:१६
618
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले कसैसँग तालमेल नगरेको तथा एक्लै चुनाव लडेको बताएका छन् ।चितवन–२ का उम्मेदवारसमेत रहेका लामिछानेले अन्य पार्टीसँग तालमेल गरेको तथा समर्थन गरेको भन्ने अफवाह फैलिएको भन्दै सो जानकारी गराएका हुन ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीले अन्य दलसँग तालमेल गरेको तथा समर्थन गरेको भन्ने हल्ला चलाईएको छ, यसमा कुनै सत्यता रहेको छैन,’ आज बिहान फेसबुक लाइभमा बोल्दै लामिछानेले भने, ‘हामी तीनवटै निर्वाचन क्षेत्रमा एक्लै लडिरहेका छौं, हल्ला चलाउनेहरु पराजित मानशिकतामा पुगेका छन् ।’
लामिछानेले पराजित मानसिकता बोकेकाहरुले अफवाह र हल्ला फैलाएको जनाउँदै कुनै पनि भ्रममा नपरी घन्टी चुनाव चिन्हमा मतदान गर्न आग्रहसमेत गरेका छन ।
वि.सं.२०८० वैशाख १० आइतवार १०:१६

















