skip this

जसपा नेपालको कार्यकारिणी समिति बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा

1.17K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ। जनता समाजवादी पार्टी नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । आगामी असार ९ गतेबाट सुरु हुन गईरहेको केन्द्रीय समिति र त्यसको भोलिपल्ट देखी अर्थात १० गते देखी सुरु हुँने विधान अधिवेशनको बारेमा छलफलका लागि कार्यकारिणी समितिको बैठक बस्न लागेको हो ।

जसपाका प्रवक्ता मनिष सुमनका अनुसार आजको बैठकमा विधान अधिवेशनको तयारी तथा प्रस्तावित संशोधनसहित तयार पारिएको विधान मस्यौंदामाथि कार्यकारिणी सदस्यको राय लिने तथा सो राय अनुसारको निष्कर्ष राजनीतिक समितिमा पेश गरिनेछ ।आजको बैठकमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको समाजवादी मोर्चामा पार्टी सहभागिताका बिषयलाई अध्यक्ष उपेन्द्र यादवले विस्तारमा जानकारी गराउनेसमेत बुझिएको छ ।

nijgadh-supermart-adz1200-630