skip this farak Kura Pravakar

आजदेखि नेपाल इन्स्योरेन्सको संस्थापक सेयर लिलामी बिक्री खुला

372 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । नेपाल इन्स्योरेन्स कम्पनीले आजदेखि १९ लाख ४८ हजार ५३८ कित्ता संस्थापक सेयर लिलामी मार्फत बिक्री खुला गरेको छ । यसमा इच्छुक जो कोही व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक सेयरको प्रतिकित्ता भाउ न्यूनतम ३०० रुपैयाँ तोकिएको छ ।

लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । यता, आवेदकले न्यूनतम १ लाखदेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ । साउन १५ गतेसम्म आवेदन दिन सकिनेछ ।

nijgadh-supermart-adz1200-630