बजेट कार्यान्वयनबारे अर्थमन्त्री महतले गरे सरोकारवालासँग छलफल

234 shares

काठमाडौं। बजेट कार्यान्वयनको विषयमा अर्थमन्त्री प्रकाश शरण महतले सरोकारवालासँग छलफल गरेका छन् । अर्थमन्त्री महतले आज आर्थिक वर्ष २०८०—८१ को बजेट कार्यन्वयनका सम्बन्धमा मुख्य सचिवलगायत विभिन्न मन्त्रालय सचिव तथा अन्य सरोकारवालासंग छलफल गरेका हुन् ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको छलफलमा बजेट कार्यान्वयमा सरकारी कर्मचारीको भूमिकाबारे छलफल भएको हो । छलफलमा सहभागिहरुले बजेटको उपलब्धिपूर्ण कार्यान्वयनका लागि आवश्यक रणनीति र सरकारी तयारीबारे सुझाव प्रस्तुत गरेका थिए ।