ग्राहकका लागि सानिमा बैंकद्वारा नयाँ खाता सेवा सार्वजनिक
वि.सं.२०८० साउन १३ शनिवार ११:०९

काठमाडौ । ग्राहकका लागि सानिमा बैंकले ‘सानिमा फाइभ इन वान खाता सेवा सार्वजनिक गरेको छ। सानिमा फाइन इन वान खाता सेवा, सानिमा थ्री इन वान खाताको परिष्कृत सेवा हो। यसअन्तर्गत ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सी–आस्बा र मेरो सेयरको सेवाका लागि एकैपटक वा छुट्टाछुट्टै आवेदन दिन सक्नेछन्।
सानिमा बैंकले सानिमा क्यापिटलसँगको सहकार्यमा यो सेवा प्रदान गरेको हो। यस सेवामार्फत नयाँ तथा पुराना ग्राहकले बैंकको वेवसाइटमा उपलब्ध फाइभ इन वान अनलाइन प्लेटफर्म प्रयोग गरी बचत खाता ९नयाँ ग्राहकका लागि०, डिम्याट खाता, सी–आस्बा, मेरो सेयर र दोस्रो बजारबाट सेयर खरिद तथा बिक्री गर्ने सेयर ट्रेडिङ खाता सहजै खोल्न सक्नेछन्।
सानिमा बैंकले ग्राहकलाई सहज र सरल रुपमा डिजिटल सेयर ट्रेडिङ प्लेटफर्म उपलब्ध गराउने उद्देश्यले यो पहल गरेको हो। सानिमा बैंकको सातै प्रदेशमा १३२ वटा कार्यालय र १२२ वटा एटीएम सञ्जाल रहेका छन्।
वि.सं.२०८० साउन १३ शनिवार ११:०९
















