skip this

सरकारले गर्न नसकेको काम सहकारीले गरेको छ : सांसद चौधरी

777 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा (निजगढ) : बारा क्षेत्र नं ‘१’ का प्रदेश सासंद त्रीलोकि प्रसाद चौधरीले सरकारले गर्न नसकेको काम सहकारीले गरीरहेको बताएका छन् । बाराको निजगढ ८ स्थित निजगढ बैंन्क्यूट पार्टि प्यालेसमा शनिबार निजगढ महिला बचत तथा ऋण सहकारी संस्थाको १४ औं साधारण सभा उद्घाटन गर्दै चौधरीले सहकारीले जनताको आवश्यकता पुरा गदै आएको बताएका हुन् । कार्यक्रममा सासंद चौधरी, निजगढ नगरपालिकाका उपमेयर लिला देवी लामिछाने, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सतेन्द्र ठाकुर, सहकारी संजाल निजगढ तथा सगरमाथा साकोषका अध्यक्ष भोला प्रसाद गौतम, निजगढ नगरपालिकाकी कार्यपालिका सदस्य जगत कुमारी अधिकारी, सप्तरेखी महिला कृषी सहकारी संस्थाकी सावित्री देवी भारती पशुपालन शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा निजगढ वडा नं ४ का वडा अध्यक्ष जयराम कुमर, कार्यपालिका सदस्य लक्ष्मी गौतम, सरिता राई, लोकप्रिय साकोसका अम्बिका चौलागाइ, तरकारी तथा फलफुल कृषी सहकारी संस्थाकी अध्यक्ष विष्णु नेपाल, अवतार साकोसकी कोषाध्यक्ष हिरा लामा, सचेत साकोसका दिपक श्रेष्ठ, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य महेश्वर अधिकारी, खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाकी कोषाध्यक्ष सम्झना कुमारी थापा, मानव अधिकारका लागी एकल महिला निजगढकी अध्यक्ष जिरीमाया बल, जिल्ला सदस्य ज्ञानु भण्डारी, नेपाल महिला विकास संस्थाकी सचिव अञ्जु नेपाली, सामुदायीक विकास संस्थाकी सदस्य चण्डिका उप्रती, निजगढसमाचार साप्ताहिकका पत्रकार अंकित गौतम लगायतको उपस्थिति रहेको थियो । संस्थाकी अध्यक्ष राउतको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष मिरा पोखरेल, संचालन समितिका सचिव ललिता सापकोटाले गरेकी थिइन् ।

अध्यक्षमा पुनः राउत
साधारण सभाले तीन वर्षे कार्यकालको लागी शोभा राउतको नेतृत्वमा सञ्चालक समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा मिरा पोखरेल सचिवमा ललिता सापकोटा कोषाध्यक्षमा किरण श्रेष्ठ, सहसचिवमा सिता अधिकारी सर्वसम्मत निर्वाचित भएका छन ।
त्यस्तै, सदस्यमा तिल कुमारी थापा, निशा भण्डारी, चम्पा परियार, भवानि अधिकारी, कलपतिया कुमारी देवी, ज्ञानु भण्डारी निर्वाचित भएका छन् । साधारण सभाले लेखा समिति र सल्लाहकार समिति निर्वाचित गरेका छन् । दिपा ढकालको संयोजकत्वमा निर्वाचित समितिको सदस्यमा अरुणा उप्रेती र प्रमिला राउत रहेका छन् ।

त्यस्तै, सल्लाहकार समितिमा लिला देवी लामिछाने खनाल, मिथिला घिमिरे, अप्सरा बन्जरा, कादम्बरी कोईराला, मिनमाया लामा निर्वाचित भएको निर्वाचन समितिका संयोजक भोला प्रसाद गौतमले जानकारी दिए ।
निर्वाचित समितिलाइ संयोजक गौतमले पद तथा गोपनियताको सपथ गराएका छन् ।

विद्यागत सम्मान
कार्यक्रममा उत्कृष्ट बृद्ध बचततर्फ भुम कुमारी संजेल, उत्कृष्ट महिला बचततर्फ जमुना कुमारी क्षेत्रीनि कार्की, उत्कृष्ट दैनिक बचतकर्ता तर्फ सुशिला लामा सुनार, असल ऋणी तर्फ भक्त कुमारी घिमिरे, उत्कृष्ट बाल बचततर्फ सायना गौतम, उत्कृष्ट कर्मचारी वर्ष २०७७ बाट कार्यालय सहायक महालक्ष्मी न्यौपाने खनाललाइ सम्मान गरिएको थियो ।

 

 

प्रतिवेदन पारित
कार्यक्रममा संस्थाको बार्षिक प्रतिवेदन संस्थाकी अध्यक्ष राउत, लेखा समितिको संस्थागत लेखा प्रतिवेदन लेखा संयोजक मिनमाया लामा, काषाध्यक्षको प्रतिवेदन किरण श्रेष्ठले प्रस्तुत गरेकोमा साधारण सभाले पारित गरेको छ । प्रतिवेदन अनुसार एक हजार ३७ सदस्यहरुको बिच चार करोड २५ लाख २० हजार एक सय ८९ रुपैंया लगानी गरी १९ लाख ५१ हजार चार सय ५६ पैसा खुद नाफा आर्जन गरेको छ । संस्थाले नगरपालिका समेतका लगानीमा संस्थाको पहलमा निजगढ महिला गार्मेन्ट उद्योग सञ्चालन गर्दै आएको छ ।

 

nijgadh-supermart-adz1200-630