सुदुरपश्चिम प्रदेशमा भुकम्पको झटका, बझाङमा केही घरमा क्षति
वि.सं.२०८० असोज १६ मंगलवार १५:३८
1.12K
shares

काठमाडौं ।सुदुरपश्चिम प्रदेशमा भुकम्पको झटका महशुश गरिएको छ ।बझाङको तल्कोट केन्द्रबिन्दु भएर २ः४०मिनेटमा ५.३ रेक्टर स्केलको पहिलो भुकम्प गएको हो भने दोस्रो भुकम्पको झटका पनि महशुश गरिएको हो । सो भुकम्पको झटका भारतको राजधानी नयाँदिल्लीमा पनि महशुश गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन ।
बझाङमा केही घरमा क्षति पुगेको प्रारम्भिक जानकारीमा आएको छ, बझाङको दुर्गाथलि गाउँपालिका(२ स्थित महालिङ्ग आधारभुत विद्यालयको भवन भत्केको खबर छ । मानविय क्षतिको भएको जानकारीमा आएको छैन् । बिस्तृत बिवरण आउन बाँकी छ ।
वि.सं.२०८० असोज १६ मंगलवार १५:३८
















