skip this

इजरायलमा भारतीय सञ्चार माध्यममा आएका समाचारहरु जस्तो अवस्था छैन : श्रममन्त्री भण्डारी

1.41K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। भारतीय सञ्चार माध्यममा आएका समाचारहरु जस्तो अवस्था इजरायलमा नभएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बताएका छन् ।आज पत्रकार सम्मेलनमार्फत् उनले इजरायलमा भएको घटना अप्रत्यासित भए पनि भारतीय सञ्चारमाध्यममा आएका समाचारहरु जस्तो अवस्था भने नभएको बताए ।

‘अहिले इजरायलमा केयर गिभरको लागि पहिले नै सेलेक्सन भएर बसेकाहरूलाई इजरायलले जाने अनुमति दिएकै थियो । त्यो अवस्थामा अहिले सुरक्षित छैन भनेर रोकेका थियौं । नेपालबाट त्यहाँ गएका पत्रकारहरु लाइभ बसेको देखेको थिएँ । यो संवेदनशील विषय हो तर भारतीय सञ्चारमाध्यममा आएका समाचारहरु जस्तो त्यहाँको अवस्था छैन ।’

इजरायलको जुन क्षेत्रमा नेपाली विद्यार्थीहरु थिए, त्यही क्षेत्रमा घटना हुनु दुर्भाथ्य भएको उनले बताए ।उनले सञ्चारमाध्यममा आउने सानासाना समाचार प्रत्येक नेपाली आमा बुबा, घर परिवारसँग जोडिएको बताए । के समाचार आउँछ त्यसले निकै ठूलो अर्थ राख्ने गरेको उनको भनाई छ ।

nijgadh-supermart-adz1200-630