जाजरकोट भूकम्प अपडेटः १३३ को मृत्यु, घाईतेको उद्दार जारी
वि.सं.२०८० कात्तिक १८ शनिवार १२:२४
1.52K
shares

काठमाडौं। गएरातिको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३३ जना पुगेको छ । अहिले विहान ११ बजेसम्म जाजरकोटमा ९५ र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको विवरण प्राप्त भएको नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता कुवेर कडायतले जानकारी दिए ।
उनले घाईतेको उद्दार भईरहेको बताए ।
जाजरकोटमा ५५ जना र रुकुम पश्चिममा ८५ जना गरी १४० घाइते भएका छन् । ३३ जनाको जाजरकोटमा उपचार भइरहेको छ भने २२ जनालाई थप उपचारको लागि सुर्खेत पठाइएको छ । त्यस्तै रुकुम पश्चिममा ४० जना उपचार गराइरहेका छन् भने १५ जनाको थप उपचारको लागि सुर्खेत रिफर गरिएको छ ।
वि.सं.२०८० कात्तिक १८ शनिवार १२:२४
















