रुकुम पश्चिम जिप दुर्घटना, २२ जना घाईते, ७ जनाको अवस्था गम्भीर
वि.सं.२०८० मंसिर ४ सोमवार ११:४६

काठमाडौं-रुकुम पश्चिममा आज विहान जिप दुर्घटना हुँदा २२ जना घाईते भएका छन् ।
सोमबार बिहान चौरजहारी नगरपालिका वडा नम्वर ८ को गोईरीज्यूला पुल नजिकै लु १ ज २२९७ नम्वरको जीप दुर्घटना हुँदा जीपमा सवार सबै घाईते भएका हुन् ।
चौरजहारी नगरपालिकाको वडा नम्वर १० खोलागाउँ देखि समरमुकाम मुसिकोट जाँदै गरेको जिप नगरपालिकाको वडा नम्वर ८ कालेगाउँ पुल नजिकै दुर्घटना हुदा जिपमा सवार यात्रुहरु घाईते भएका हुन घाईते मध्य ७ जनाको अवस्था गम्भिर रहेको वताईएको छ ।
चौरजहारी अस्पतालमा उपचार गराईरहेका घाईतेहरु मध्य २ जनाको थप उपचारको लागि प्रदेश अस्पताल सुर्खेत पठाईको छ, भने अन्य गभ्मीर घाईतेहरुको उपठाउने तयारी भईरहेको अस्पताल स्रोतले वताएको छ ।
जिप मध्यपहाडी लोकमार्ग वाट करिव ५० मिटर तल भेरी नदी किनारमा खसेको छ ।
घाईते चालकका अनुसार जिप व्रेकफेल भएको र आफुल नियन्त्रणमा ल्याउनको लागि जिपको चावी वन्द गर्दा समेत नियन्त्रण हुन नसकेर दुर्घटना भएको वताएका छन ।
घटना लगत्तै ईलाका प्रहरी कार्यालय चौरजहारी, नगर प्रहरी चौरजहारी, स्थानीयवासी, जनप्रतिनिधि र चौरजहारी अस्पतालको एम्वुलेन्सले घाईतेहरुको उद्धार गरेका थिए ।
अहिले चौरजहारी नगरपालिका प्रमुख पुष्पवादी, उप प्रमुख ईश्वरी शर्मा विएम, लगाएतका जनप्रतिनिधिहरु अस्पतालमा पुगेर घाईतेहरुको अवस्थाका वारेमा जानकारी लिनुका साथै गम्भीर घाईतेहरुलाई थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा लिने व्यवस्थाको लागि समन्वय गरीरहेको वताईएको छ । घटनाको थप विवरण आउन वाँकी रहेको छ ।
वि.सं.२०८० मंसिर ४ सोमवार ११:४६

















