बालकुमारी अपडेट: प्रहरीकाे गाेली लागेका भनिएका सुजनकाे छातीमा छैन गोली
वि.सं.२०८० पुस १३ शुक्रवार १५:३४

काठमाडौं-बालकुमारी झडपमा मृत्यु भएका सुजन राउतलाई प्रहरीको गोली नलागेको पाइएको छ ।
रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि प्रदर्शन गरेका युवाहरुले मन्त्रीको गाडीमा आगजनी गरेपछि झडप भएको थियो भने प्रहरीले अश्रुग्यास हानेको थियो ।
त्यही क्रममा एक युवक बालकुमारी क्षेत्रमा अचेत भेटिए । तत्काल किस्ट अस्पताल लगिएका उनको उपचारका क्रममा मृत्यु भयो । प्रहरीले गोली लागेर एक युवकको मृत्यु भएको बतायो ।
तर मृतक सुजन राउतलाई गोली नलागेको पाइएको छ । अस्पतालका चिफ अफ अपरेसन अमिस पाठकका अनुसार राउतलाई १२ः४० तिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । ‘मेडिकल टिमले सीपीआर ग¥यो, सफल नभएपछि १ः१७ मा मृत घोषणा गरिएको छ’ पाठकले भने, ‘छातीमा निलो रंगको डाम छ ।’
मृत्युको कारण के हो भन्ने प्रश्नमा उनले अटोप्सी नगरी केही भन्न नसक्ने बताए । यद्यपि अस्पतालमा ल्याउँदा अचेत रहेको र छातीमा डाम पहिचान गरेको उनले बताए ।
वि.सं.२०८० पुस १३ शुक्रवार १५:३४
















