skip this

हुण्डी कारोबार गरेको आरोपमा काठमाडौंबाट चारजना पक्राउ

873 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : प्रहरीले हुण्डी कारोबार गरेको आरोप चारजनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले उनीहरुलाई सोमबार गणवहाल ईलाकाबाट पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) रमेश कुमार वस्नेतले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा तनुज ईन्टरप्राइजेज प्रालिका सञ्‍चालक ५३ वर्षीय तरुण अग्रवाल, तनहुँ घर भइ गोगंबु बस्‍दै आएका २५ वर्षीय नितेश श्रेष्ठ, रामछाप घर भइ भक्तपुर सल्लाघारी बस्‍दै आएका २९ वर्षीय नरबहादुर खड्का र जोरपाटी बस्‍ने ३४ वर्षीय अर्जुन चौलागाई रहेका छन् ।
पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले १७ वटा चेक, ८ वटा डिपोजित स्लिप बरामद गरेको छ भने थप अनुसन्धान र कारबाहीको लागि सम्पत्ति सुद्दिकरण विभाग हरिहर भवन ललितपुर पठाइएको एसपी बस्‍नेतले बताए ।

nijgadh-supermart-adz1200-630