भजन गाइरहेको माइकबाट करेन्ट लागेर दुईको मृत्यु
वि.सं.२०७८ साउन २६ मंगलवार २२:११
1.02K
shares
धनुषा : धनुषाको क्षीरेश्वरनाथ नगरपालिका- ३ मा भजन-कीर्तन गरिरहेका दुई जनाको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा लक्ष्मीनिया गाउपालिका-३ का विन्दा दास र सोही ठाउका मनिराम यादव रहेको प्रहरीले जानकारी दिएको छ ।
क्षीरेश्वरनाथका बुलन यादवले घरमा आयोजना गरेको भजन कीर्तन कार्यक्रममा भजन गाइरहेको क्रममा माइकमा करेन्ट प्रवाह भएपछि उनीहरु दुवै जनाको घटनाथलमै मृत्यु भएको हो । मृत्यु हुने दुवै जनाको उमेर ४५ वर्ष रहेको प्रहरीले जनाएको छ ।
अहिले मृतक दुवै जनालाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको प्रहरीले जानकारी दिएको छ ।
वि.सं.२०७८ साउन २६ मंगलवार २२:११