नेपाली काँग्रेसको भातृ संस्था नेपाल तामाङ संघको मधेश प्रदेशको संयोजक भए बाराका घलान
वि.सं.२०८० चैत २० मंगलवार ०८:१३
2.08K
shares

बारा-नेपाल तामाङ घेदुङ बाराका अध्यक्ष एव् निजगढ नगरपालिका वडा नं. १३ का वडाध्यक्ष सुर्य घलान नेपाली नेपाल तामाङ संघको मधेश प्रदेशको संयोजक मनाेनित भएका छन् ।
नेपाली काँग्रेसको भातृ संस्था नेपाल तामाङ संघ, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको आवद्ध संघ हो । नेपाल भरिका सम्पूर्ण तामाङहरुलाई एकतावद्ध बनाउनको लागि यस संघ स्थापना भएको हो ।

नेपाल तामाङ संघका केन्द्रीय सभापति रामकृष्ण लामा (इन्द्र) ले घलानलाई प्रदेश संयाेजकमा मनाेनित गरिएको पत्र हस्तान्तरण गरेका छन् ।
घलान नेपाल तामाङ घेदुङ बाराका अध्यक्ष भएसँगै संगठन विस्तारमा केन्दित छन् । हालै निजगढ नगरपालिकाका अधिकांश वडामा संगठन निर्माण गरिएको छ ।
वि.सं.२०८० चैत २० मंगलवार ०८:१३
















