skip this farak Kura Pravakar

छात्रवृत्तिका लागि ६० करोड बजेट, अब कक्षा ६ देखि कक्षा १२ सम्म नै छात्रवृत्ति पाउने

759 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा विद्यालय शिक्षामा प्रदान गरिने छात्रवृत्तिका लागि ६० करोड रुपैयाँ विनियोजित गरिएको छ ।

अर्थमन्त्री वर्षमान पुनले बजेट भाषण प्रस्तुत गर्दै विद्यालय तहमा प्रदान गरिने सबै प्रकारका छात्रवृत्तिका लागि ६० करोड विनियोजन गरेको बताएका हुन् ।

अतिविपिन्न र सीमान्तकृत वर्गका बालबालिकाको शिक्षामा सहज पहुँचका लागि कक्षा ६ देखि कक्षा १२ सम्म नै छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

हाल कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई प्रदान गरिँदै आएको थियो । यसलाई विस्तार गरेर कक्षा ६ देखि नै बनाइएको अर्थमन्त्री पुनले बताए ।

nijgadh-supermart-adz1200-630