जीतपुरसिमरा उपमहानगरपालिकाको विद्यालयलाई घटुवा र समायोजनको निर्णय कार्यान्वयन गर्ने बाटो खुल्यो
वि.सं.२०८१ जेठ ३० बुधवार २१:३८

बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको नगर शिक्षा समितिले गत ७ जेठमा विद्यालयलाई घटुवा र समायोजन सम्बन्धि गरेको निर्णय कार्यान्वयन गर्ने बाटो खुलेको छ ।
शिक्षा समितिले गरेको निर्णय विरुद्ध जीतपुरसिमरा वडा नं. १६ कतर्वास्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गंगााप्रसाद मैनालीले उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा रिट दर्ता गरेका थिए ।
मुद्दामा ३० जेठमा चढेको पेशीमा भएको बहसपछि अन्तरिक आदेश जारी गर्नुनपर्ने आदेश भएको छ । त्यसअघि २५ जेठमा लिखित जवाफ पेश गर्न उपमहागरलाई आदेश भएको थियो भने तत्काललाई निर्णय कार्यान्वयन नगर्न, नगराउन उत्प्रेषण परमादेश जारी भएको थियो ।

उपमहानगरबाट बहस गरेकी अधिवक्ता विद्या कटुवालका अनुसार उच्च अदालतको संयुक्त इजलासले माननिस न्यायधिश गणेश ठाकुर र खडानन्द तिवारीले अन्तरिक आदेश जारी गर्नुनपर्ने आदेश भएसँगै निर्णय कार्यान्वयन गर्ने बाटो खुलेको छ ।
जीतपुरसिमरा शिक्षा समितिको निर्णय : दुई विद्यालय गाभिए, ७ विद्यालयको कक्षा घटुवा (सूचीसहित)
वि.सं.२०८१ जेठ ३० बुधवार २१:३८


















