skip this yams_Max_Hospital.jpeg

संघीय सरकारको बजेट रोक्ने वडा अध्यक्ष खरेलको संकेत ! जीतपुरसिमराका मेयर भन्छन्–रोकेर देखाउनुस्

3.51K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–जीतपुरसिमरा उपमहानगरपालिकाको १० औं नगर सभाबाट पारित बजेट कार्यान्वयन गर्न अवरोध गर्दै आएका नेकपा (एमाले) का जनप्रतिनिधि संघीय बजेट रोक्ने चलखेलमा लाग्ने संकेत गरेका छन् ।

नेकपा एमालले अर्थमन्त्रालयसहित संघीय सरकारको नेतृत्व गरिरहेको छ । सहसचिव विरेन्द्रदेव भारतीलाई हाजिर नगराएको झोकमा जीतपुसिमरा वडा नं. १६ का वडा अध्यक्ष हरिदेव खरेलले फेसबुकमा स्टाटस् लेख्दै संघीय बजेट रोक्ने संकेत गरेका हुन् ।

उनले लेखेका छन्– आर्थिक चलखेल पर्दाफास हुने डरले सह सचिवको हाजिरी विवाद । हैन भने दरबन्दी अनुसारका कर्मचारी लाई किन तनाव ? संघीय बजेट रोकन खोजेको हो ?

वडा अध्यक्ष खरेलले लेखेको स्टाटस्मा मेयर राजन पौडेलले प्रतिकृया जनाएका छन् । उनले लेखेका छन्– हुन्छ ! संघीय बजेट रोकेर देखाइदिनु !

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग वडा अध्यक्ष खरेलको पुरानै निकट सम्बन्ध भएकै कारण प्रमुख प्रशासकीय अधिकृत उपसचिव उर्मिला काफ्लेको सरुवा गराएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत काफ्लेको सरुवा विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेपछि अन्तरिम आदेशमार्फत काममै फर्किईन् । पुनः सहसचिव भारतीलाई जीतपुरसिमरामा सरुवा गराएका थिए । उनी अदालतको मानहानी हुने भन्दै जीतपुर आएर माहोल बुझेर फर्किए ।

अदालतको अपहेलना हुने गरि हाजिर हुन नआउन मेयर पौडेलले गराए सचेत

nijgadh-supermart-adz1200-630