गर्मीका कारण जीतपुरसिमराका विद्यालय दुई दिन बन्द गरिने

वि.सं.२०८१ असोज ७ सोमवार २१:५२
1.31K
shares

बारा–अत्यधिक गर्मीका कारण उपमहानगरपालिकाभित्रका विद्यालय दुई दिन बन्द गरिने भएको छ ।
जीतपुरसिमरा उपमहानगर वरिपरि क्षेत्रको तापक्रम अत्यधिक बढेर पठनपाठन कार्य प्रभावित भएसँगै विद्यालय बन्द गर्न लागिएको हो ।
जीतपुरसिमरा उपमहानगरको प्रमुख स्तरिय निर्र्णय अनुसार बढ्दो गर्मीका कारणबाट विद्यार्थीको स्वास्थ्यमा परेको प्रतिकूल प्रभावलाई मध्यनजर गर्दै यही असोज ८ र ९ गते पठनपाठन कार्य स्थगित गर्न लागिएको शिक्षा शाखा प्रमुख शिवजी प्रसादले जानकारी दिए ।

वि.सं.२०८१ असोज ७ सोमवार २१:५२