बकैया ठाकुर सामुदायिक वन : अध्यक्षमा एमालेका गणेश राजभण्डारीकाे उम्मेदवारी दर्ता

वि.सं.२०८१ फागुन १५ बिहीवार १७:४७
651
shares

निजगढ-बाराको निजगढ–९ स्थित बकैया ठाकुर सामुदायिक वन उपभोक्ता समुह अध्यक्ष पदमा एमालेका गणेश राजभण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।
आगामी नेतृत्वका लागि हुने निर्वाचनका लागि ४ सय ५९ जना मतदाता कायम भएका छन् ।
निर्बाचन मण्डलको कार्यालय, निजगढ सव डिभिजन कार्यालयमा दाेस्राे उम्मेदवारी राजभण्डारीले गरेका हुन् । यसअघि राप्रपाका पदमबहादुर श्रेष्ठले उम्मेदवारी दर्ता गराएका थिए ।
अध्यक्षमा उम्मेदवारी दिन दुई हजार, उपाध्यक्षमा एक हजार पाँच सय र सचिव, काेषाध्यक्ष पदका लागि एक हजार, सहसचिवका लागि ७ सय र सदस्य पदमा पाँच सय शुल्क ताेकिएकाे छ ।
समुहका ४ सय ५९ जनाकाे अन्तिम नामावली प्रकाशन गरेकाे हाे । १८ गते मतदान हुदैछ ।

वि.सं.२०८१ फागुन १५ बिहीवार १७:४७