skip this farak Kura Pravakar

बकैया ठाकुर सामुदायिक वन : अध्यक्षमा कांग्रेसकी शान्ति पहरीकाे उम्मेदवारी दर्ता

942 shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ-बाराको निजगढ–९ स्थित बकैया ठाकुर सामुदायिक वन उपभोक्ता समुह अध्यक्ष पदमा कांग्रेसकी शान्ति पहरीले उम्मेदवारी दर्ता गराएकी छिन् ।

निर्वाचन मण्डलको कार्यालय, निजगढ सव डिभिजन कार्यालयमा तेस्राे उम्मेदवारी पहरीले गरेकी हुन् । यसअघि एमालेका गणेश राजभण्डारी र राप्रपाका पदमबहादुर श्रेष्ठले उम्मेदवारी दर्ता गराएका थिए ।

अध्यक्षमा उम्मेदवारी दिन दुई हजार, उपाध्यक्षमा एक हजार पाँच सय र सचिव, काेषाध्यक्ष पदका लागि एक हजार, सहसचिवका लागि ७ सय र सदस्य पदमा पाँच सय शुल्क ताेकिएकाे निर्वाचन मण्डलका सदस्य निरज पाेखरेलले बताए ।

समुहका ४ सय ५९ जनाकाे अन्तिम नामावली प्रकाशन गरेकाे हाे । १८ गते मतदान हुदैछ ।

nijgadh-supermart-adz1200-630