बारा सिडियाेकाे लाेकप्रिय निर्णय-विहान ७ बजेखि साँझ ७ बजेसम्मै राष्ट्रिय परिचयपत्र सेवा

वि.सं.२०८१ चैत ६ बुधवार १५:३६

बारा-बारामा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राही बढेपछि स्थानीय जिल्ला प्रशासन कार्यालय बाराले सेवाग्राहीहरूको मागलाई ध्यानमा राखी बिहान ७:३० बजेदेखि बेलुका ७ बजेसम्म कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।
दैनिक ८ घण्टा कार्यालय सञ्चालन गर्दै आएको जिल्ला प्रशासन कार्यालय बाराले अब राष्ट्रिय परिचय पत्र वितरणलाई १२ घण्टा काम गर्ने भएको हो ।
केही दिनदेखि यस कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप अत्याधिक बढेको हुँदा सेवाग्राहीहरुको सुविधा र सहजतालाई ध्यानमा राख्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन बुधबारदेखि राष्ट्रिय परिचयपत्रको विवरण संकलन सम्बन्धी सेवा सार्वजनिक विदाको दिन बाहेक प्रत्येक दिन विहान ७:३० बजेदेखि साँझ ७:०० बजेसम्म यस कार्यालयबाट प्रवाह हुने व्यवस्था मिलाईएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ ।
जिल्ला प्रशासन कार्यालय बाराले आज विज्ञप्ति जारी गरेर सो बारे जानकारी दिएको हो।

वि.सं.२०८१ चैत ६ बुधवार १५:३६