skip this farak Kura Pravakar

गौरीशंकर क्याम्पस निजगढकाे स्ववियू निर्वाचनको मतगणना सुरु

543 shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ–निजगढ–९ स्थित गौरीशंकर क्याम्पस स्ववियू निर्वाचनकाे मतगणना सुरु भएको छ ।

प्रतिनिधि राख्ने विषयमा विवाद भएपछि सुरु हुनु नसकेकाे मतगणना अहिले दिउँसोबाट मतगणना सुरु भएको हाे ।

निर्वाचनमा ९० प्रतिशत मतदान भएको छ । कुल ३६८ जना मतदाता मध्ये ३३४ जनाले मतदान गरेका छन् ।

बिहान ९ बजेबाट शुरु भएको मतदान दिउसो ४ बजेसम्म चलेको थियो ।

निर्वाचनबाट क्याम्पसमा प्रत्यक्ष र समानुपातिकतर्फबाट एकजना सभापति, उपसभापति, सचिव, सहसचिव, कोषाध्यक्ष र १० जना सदस्य चुनिने छन् ।

निर्वाचनमा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले बालकृष्ण हुमागाई, नेपाली कांग्रेस निकट नेविसंघबाट दावा लामा बोञ्जन र माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) ले उज्जल प्रसाई नेतृत्वमा छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् ।

nijgadh-supermart-adz1200-630