कोरोना सङ्क्रमणबाट बिपी प्रतिष्ठानमा तीन जनाको मृत्यु
वि.सं.२०७८ माघ ७ शुक्रवार १९:११
**EDS: RPT CORRECTS TYPO** New Delhi: Medics attend to a COVID-19 patients at Shehnai Banquet Hall, temporarily converted into an isolation ward, as coronavirus cases surge across the country, near Lok Nayak Jai Prakash (LNJP) Hospital in New Delhi, Tuesday, April 13, 2021. (PTI Photo/Manvender Vashist) (PTI04_13_2021_000116A)
सुनसरी: यहाँको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तीन जनाको ज्यान गएको छ । गत माघ ६ गते भर्ना भएको लहान–१९ का ६२ वर्षीय पुरुषको उपचारको क्रममा आज मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
फोक्सोमा समस्या भएर उनलाई बिहीबार प्रतिष्ठानमा भर्ना गरिएको थियो । बुधबार नै उहाँमा कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिए । यस्तै सिरहा नगरपालिका–१ का ८० वर्षीय पुरुषको पनि शुक्रबार बिहान उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
आन्द्रामा समस्या भएका उनको पुस २९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । प्रतिष्ठानको कोभिड अस्पतालमा सोही दिन भर्ना भएका ८० वर्षीय वृद्धको उपचारको क्रममा बिहीबार ११ : ३५ बजे मृत्यु भएको हो ।
यस्तै महोत्तरीका श्रीपुर–३ का ३० वर्षीय युवकको बिहीबार राति ११ बजे उपचारको क्रममा मृत्यु भएको छ । माघ ५ गते प्रतिष्ठानमा भर्ना भएका ती युवकको सोही दिन कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । उनीहरूको दाह संस्कारका लागि शव व्यवस्थापनको काम भइरहेको सहप्रवक्ता पोखरेलले जानकारी दिए ।
वि.सं.२०७८ माघ ७ शुक्रवार १९:११

















