जेनजी सहिदहरूको सम्झनामा जीतपुरसिमरामा दीप प्रज्वलन (फोटो फिचर)
वि.सं.२०८२ असोज १ बुधवार २१:५५

बारा-बाराको जीतपुरसिमरामा जेनजी प्रदर्शनमा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गरेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको परिषरमा मौनधारण गरी दीप प्रज्वलन गरेको हो ।
दीप प्रज्वलन कार्यक्रममा उपमहानगरका जनप्रतिनिधि, कर्मचारीसहित विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो । सरकारले आज शोक विदा समेत दिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दैै मेयर राजन पौडेलले जेनजी आन्दोलनका शहीदको सम्मानमा दिपप्रज्वलन कार्यक्रम आयोजना गरिएको बताउँदै आन्दोलनबाट उपमहानगरका विभिन्न कार्यालय जलेर खरानी भएको भन्दै खरानीबाट उठेर समृद्धिको लागि सबैले सहकार्य गर्नुपर्ने धारणा राखेका छन् ।
जेनजीले निष्क्रिय पारिएको सामाजिक सञ्जाल खुलाउनुपर्ने, भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नुपर्ने, जवाफदेहीता र पारदर्शीता स्थापित गर्नुपर्नेलगायत माग गर्दै भदौ २३ र २४ गते देशैभरि आन्दोलन गरेका थिए । आन्दोलनका क्रममा हालसम्म ७३ जनाको मृत्यु भएको छ ।
हेर्नुस् तस्वीरहरु :






वि.सं.२०८२ असोज १ बुधवार २१:५५

















