पूर्वमन्त्री पुरुषाेत्तम पाैडेललाई मातृशाेक
वि.सं.२०८२ असोज २ बिहीवार १२:४०
792
shares

बारा– पूर्वमन्त्री पुरुषाेत्तम पाैडेललाई मातृशाेक परेकाे छ ।
बाराकाे निजगढ-९ निवासी रत्नकुमारी पाैडेलकाे ८८ वर्षिय उमेरमा बिहीबार निधन भएको हाे ।
रत्नकुमारीका ४ छाेरा र तीन छाेरी छन् ।
छाेराहरुमा नेकपा एमाले पोलिटब्युरो सदस्य पुरुषाेत्तम पौडेलसहित नवराज, बबिन पौडेल, नवीन हुन् भने रमा, रमिला र सुशीला छाेरीहरु छन् ।
स्वर्गीय आमाको पार्थिव शरीरमा आज दिउँसो २:३० बजे निजगढमा दाहसंस्कार गरिने परिवारजनले जनाएको छ ।
वि.सं.२०८२ असोज २ बिहीवार १२:४०

















