skip this farak Kura Pravakar

निजगढमा अलपत्र यात्रुहरूका लागि निःशुल्क खाना र वासको व्यवस्था गर्ने प्रअ साहकाे घाेषणा

1.17K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-अबिरल वर्षाका कारण निजगढ नगरपालिकाभन्दा बाहिरका यात्रुहरू विभिन्न स्थानमा अलपत्र परिरहेका बेला स्थानीय स्तरबाट सहयोगको पहल गरिएको छ ।

निजगढ–१० लल स्थित नेरा माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनानाथ साहले यस्तो अवस्थाका यात्रुहरूका लागि निःशुल्क खाना र वासको व्यवस्था गर्ने घोषणा गरेका छन् । उनले व्यक्तिगत रूपमा २४ घण्टा सहयोगका लागि तयारी जनाएको बताउँदै, अलपत्र परेकाहरूलाई तत्काल सम्पर्क गर्न आग्रह गरेका छन् ।

प्रधानाध्यापक साहका अनुसार, “जो कोही व्यक्ति वर्षाका कारण बाटोमा अड्किनु भएको छ वा वासस्थान नपाइ कष्टमा हुनुहुन्छ भने, म खाना र बस्ने ठाउँको व्यवस्था गर्न सधैं तयार छु।”

सहयोग चाहिने यात्रुहरूले उहाँलाई मोबाइल नम्बर ९८५५०२९२३१ मा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ।

स्थानीय समुदायले यस्तो मानवतामूलक पहलको प्रशंसा गर्दै यसले संकटका बेला सहयोगको राम्रो उदाहरण पेश गरेको टिप्पणी गरेका छन्।

nijgadh-supermart-adz1200-630