skip this

युथ अफ निजगढद्वारा स्व. सापकोटा परिवारलाई आर्थिक सहयोग

1.37K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–युथ अफ निजगढ क्लबले विद्युत् करेन्ट लागी निधन भएका क्लबका कोषाध्यक्ष स्वर्गीय रबि सापकोटाको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

क्लबका सदस्यहरुमार्फत संकलन गरिएको एक लाख पाँच हजार पाँच सय पचपन्न रुपैयाँ स्व. सापकोटाकी श्रीमती रिता सापकोटालाई प्रदान गरिएको हो ।

सहयोग रकम क्लबका अध्यक्ष कमल पराजुलीले जनप्रतिनिधिहरूको रोहबरमा हस्तान्तरण गरेका थिए ।

सो अवसरमा निजगढ नगरपालिकाका मेयर सुरथ पुरी, निजगढ-५ का वडाध्यक्ष सुर्य थापा मगरलगायत स्थानीय जनप्रतिनिधि तथा समुदायको उपस्थिती थियो ।

गत असार २० गते निजगढ–५ मा पोलमा चढेर सिसी क्यामरा जडान गर्ने क्रममा करेन्ट लागेर रबि सापकोटाको घटनास्थलमै निधन भएको थियो ।

सामाजिक उत्तरदायित्वअन्तर्गत क्लबले उनका परिवारलाई सहयोग प्रदान गरेको जनाएको छ ।

nijgadh-supermart-adz1200-630