मंसिर १२ गते निजगढमा निःशुल्क मुटुरोग परीक्षण शिविर सञ्चालन हुने
वि.सं.२०८२ मंसिर १० बुधवार २२:०२
807
shares

बारा–“योगदान राष्ट्रको लागि” भन्ने नाराका साथ निजगढमा निःशुल्क मुटुरोग परीक्षण शिविर सञ्चालन हुने भएको छ। आगामी २०८२ मंसिर १२ गते, शुक्रबार, बिहान ७:०० बजेदेखि श्री गौरीशंकर क्याम्पस, निजगढ–९ मा शिविर सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ ।
शिविरका लागि आवश्यक प्राविधिक सहयोग नेशनल मेडिकल कलेजले प्रदान गर्ने जनाएको छ । मुटु सम्बन्धी समस्या पहिचान गर्न, प्राथमिक स्वास्थ्य परीक्षण, सल्लाह–परामर्श तथा आवश्यक भएमा उपचारतर्फ मार्गदर्शन उपलब्ध गराइनेछ ।
स्थानीय बासिन्दाहरूलाई स्वास्थ्य परीक्षणका लागि शिविरमा उपस्थित भई लाभ लिन कार्यक्रम संयोजक रामहरी खरेलले आग्रह गरेका छन् ।
वि.सं.२०८२ मंसिर १० बुधवार २२:०२

















