निजगढकाे याेजना टाेलमा भाेली निःशुल्क आँखा तथा नाक–कान–घाँटी स्वास्थ्य शिविर सञ्चालन हुने
वि.सं.२०८२ पुस ४ शुक्रवार ११:०६

बारा-आँखा तथा नाक–कान–घाँटी अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा तथा नाक–कान–घाँटी स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
श्री जनहित सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा सञ्चालन हुने उक्त शिविर श्री नेत्रोदय माध्यमिक विद्यालय (योजना टोल) पुस ५ गते बिहान १० बजेदेखि सञ्चालन गरिने अध्यक्ष चन्द्रिकाफकुमारी मगरले जानकारी दिईन् ।
शिविरमा आँखासम्बन्धी तथा नाक, कान र घाँटीसम्बन्धी रोगको निःशुल्क जाँच गरिनुका साथै आवश्यक परामर्श प्रदान गरिनेछ । शिविर सञ्चालनका लागि वीरगञ्ज दृष्टि आँखा तथा नाक–कान–घाँटी अस्पताल प्रा.लि., पावर हाउस, वीरगञ्ज, पर्सा ले प्राविधिक सहयोग प्रदान गर्नेछ ।

आयोजकले सर्वसाधारण, विशेषगरी आँखासम्बन्धी तथा नाक, कान र घाँटीसम्बन्धी समस्या भोगिरहेका नागरिकहरूलाई शिविरमा उपस्थित भई निःशुल्क स्वास्थ्य जाँचको लाभ लिन आग्रह गरेको छ ।
वि.सं.२०८२ पुस ४ शुक्रवार ११:०६

















