skip this

केन्द्रीय सदस्यमा पराजित दुर्गाको प्रतिक्रिया: “यो मेरो लागि महत्वपूर्ण सिकाइ र अभ्यास रह्यो”

1.31K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-नेकपा (एमाले) को एघारौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटी सदस्य पदमा पराजित दुर्गा कोइरालाले निर्वाचन परिणामलाई आत्मसात् गर्दै सकारात्मक प्रतिक्रिया व्यक्त गरेकी छिन् ।

कोइरालाले परीक्षा दिएपछि मात्रै जित–हारको परिणाम थाहा हुने उल्लेख गर्दै यस पटक पार्टीको परीक्षामा आफू सफल हुन नसकेको स्वीकार गरेकी छिन् । उम्मेदवारी दिंदै गर्दा नै असफल भए पनि यसलाई अभ्यासका रूपमा लिने बताएको स्मरण गराउँदै उहाँले यो अनुभवलाई आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण सिकाइ र अभ्यासको रूपमा लिनुभएको बताईन् ।

महाधिवेशनमा ४ सय ४६ जना प्रतिनिधि कमरेडहरूले आफूलाई मतदान गरी विश्वास र माया दिएकोप्रति आभार व्यक्त गर्दै कोइरालाले उक्त विश्वासले आफूलाई अझ जिम्मेवार बनाएको र पार्टी तथा जनताप्रति काम गर्ने ऊर्जा कमजोर हुन नदिने प्रेरणा दिएको उल्लेख गरेकी छिन् । “म जीवनभर तपाईंहरूप्रति ऋणी रहनेछु,” उनको भनाइ छ ।

साथै, कोइरालाले नेकपा (एमाले) को एघारौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीसहित सम्पूर्ण निर्वाचित पदाधिकारी तथा नयाँ केन्द्रीय कमिटीका सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छिन् ।

nijgadh-supermart-adz1200-630