skip this

एक महिनाको पेन्सनबाट जेष्ठ नागरिकलाई न्यानो बाड्दै पुरानो निजगढका विगुलाल

822 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–पूर्व स्वास्थ्यकर्मी विगुलाल धामीले एक महिनाको पेन्सनबाट जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेका छन् ।

स्वास्थ्य चौकीमा तल्लो तहबाट जागिर सुरु गरेका अहेव पदसम्म पुगेर अवकास भएका निजगढ–४ पुरानो निजगढका धामी थारु राष्ट्रिय मुक्ति मोर्चा, नेपाल निजगढ नगर अध्यक्ष समेत हुन् ।

जेष्ठ नागरिकलाई सेवा गर्न पाउँदा मन शान्त भएको बताएका छन् । उनले घर घर पुगेर १० जनालाई न्यानो कपडा सहयोग गरेका हुन् ।

स्थानीय जेष्ठ नागरिक ८० वर्षिय पुनीलाल धामीले चिसोको बेलामा बुढाबुढी मान्छेलाई न्यानो कपडा वितरण गरेको भन्दै धन्यवाद दिए ।

पूर्व स्वास्थ्यकर्मी धामीले भुँईमा ओछ्यान म्याट, टोपीसहितको हाइनेक र ब्लाङकेट सहयोग गरेका जानकारी दिएका छन् ।

सहयोग वितरण कार्यक्रममा निजगढ वडा नं. ४ का वडा सदस्य राजसेन धामी, नेकपाका नेता बेनीबहादुर मुक्तान, कमल विक, महेन्द्र ठाकुर, राजकुमारी कुमर, शक्ति लामा लगायत सहभागि थिए ।

nijgadh-supermart-adz1200-630