सीता दाहालमा कोरोना पुष्टि, आईसीयूमा उपचार हुँदै
वि.सं.२०७८ माघ ९ आइतवार ११:४८
759
shares

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालमा कोरोना संक्रमण पुष्टि भएको छ ।
दुई दिनअघि गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना पुष्टि भएको सचिवालयले जनाएको छ ।
हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा उनको उपचार भइरहेको छ । ‘उहाँमा अस्ति कोरोना देखियो, स्वास्थ्यमा पनि समस्या देखिएपछि मेडिसिटीमा भर्ना गरिएको छ’, सचिवालय स्रोतले भन्यो, ‘आईसीयूमा उपचाररत उहाँको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।’
केही साताअघि अध्यक्ष प्रचण्डमा पनि कोरोना पुष्टि भएको थियो । प्रचण्ड हाल कोरोनामुक्त भइसकेका छन् ।
वि.सं.२०७८ माघ ९ आइतवार ११:४८















