संक्रमित घटे, १७ हजार वटा नमुना परीक्षण हुँदा ६ हजार ४६२ जनामा कोरोना पुष्टि
वि.सं.२०७८ माघ ९ आइतवार १६:३३
762
shares

काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या घटेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ४३७ वटा नमुना परीक्षणमा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि शनिबार २० हजार १८७ जनामा परीक्षण गर्दा १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको थियो ।
यस्तै पछिल्लो २४ घण्टामा १४१६ जना संक्रमणमुक्त भएका छन् भने सोही अवधिमा ४ जनाले ज्यान गुमाएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमित ७७ हजार ४० पुगेका छन् ।
वि.सं.२०७८ माघ ९ आइतवार १६:३३
















