कर्णालीका मुख्यमन्त्री शाहीमाथि लाग्याे यस्ताे आरोप…!
वि.सं.२०७८ माघ ११ मंगलवार १७:०१

कर्णाली प्रदेश मन्त्रिपरिषद्को सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । मन्त्रिपरिषद्को सम्पत्ति विवरण सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा सार्वजनिक गरिएको हो ।
सार्वजनिक विवरणानुसार मुख्यमन्त्री जीवनबहादुर शाहीको हुम्लामा दुई र काठमाडौंमा एउटा गरी तीन घर रहेका छन् । मुख्यमन्त्री शाहीका नाममा बाँकेको खजुरामा दुई बिघा जमिन छ भने हुम्लाको खार्पुनाथमा दुई ठाउँमा गरी २१५ रोपनी जग्गा छ ।
यस्तै, शाहीकी श्रीमती वसन्तीका नाममा काठमाडौंको चन्द्रागिरिमा पाँच रोपनी १० आना दुई दाम जमिन छ ।
शाहीसँग ५६ तोला सुन, दुई किलो चाँदी, दुईवटा घोडा, ५० भेडाबाख्रा र १२ वटा गाईगोरुलगायत सम्पत्ति विवरणमा उल्लेख छ ।
यस्तै, शाहीको विभिन्न बैंकमा गरी सवा करोड रुपैयाँ बचत देखिएको छ । उनका नाममा एक करोड ७२ लाख रुपैयाँ व्यक्ति र बैंकबाट ऋण लिएको देखिएको छ ।
तर, सबै सम्पत्ति भने भ्रष्टाचार गर्दै शाहीले सम्पत्ति जाेडेकाे अाराेप लागेकाे छ । यस अघि जीवनबहादुर शाहीले नेपाल वायुसेवा निगमले एयरबसको दुईवटा वाइडबडी जहाज किन्दा ४ अर्ब ३५ करोड ५६ लाख रूपैयाँ भ्रष्टाचार गरेकाे काण्डमा मुछिएका थिए ।
जीवनबहादुर शाहीलाई पनि दोषी ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको छ।
वाइडबडी जहाज खरिदमा ४ अर्ब ३५ करोड भ्रष्टाचार ठहर
पद र पावरको आडमा कैलाश हाईड्रोपावरको सेयरमा ठगी धन्दा, सेयरधनिलाई ज्यानमार्ने सम्मको धम्की
वि.सं.२०७८ माघ ११ मंगलवार १७:०१
















