जनगणना २०७८ : नेपालीको जनसंख्या तीन कराेड पुगेन, १० वर्षमा २७ लाख थपिए
वि.सं.२०७८ माघ १२ बुधवार ११:१४
1.49K
shares

काठमाडौँ : गत मंसिरमा भएको १२औँ राष्ट्रिय जनगणना २०७८को प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ ।
जसअनुसार पछिल्लो १० वर्षमा २७ लाख जनसंख्या वृद्धि भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।
१२औँ राष्ट्रिय जनगणनाको प्रारम्भिक विवरणअनुसार जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० कायम भएको छ ।
जुन ११ राष्ट्रिय जनगणना २०६८ को तुलनामा २७ लाख ९७ हजार ९७६ जनसंख्या वृद्धि भएको हो । राष्ट्रिय जनगणना २०६८ मा नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो ।
वि.सं.२०७८ माघ १२ बुधवार ११:१४

















