skip this

घरभित्रै निसास्सिएर काठमाडौँमा दुई जनाको मृत्यु

1.12K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : काठमाडौँको शंखरापुर नगरपालिका ३ बोझेनीमा घरभित्रै निसास्सिएर दुई जनाको मृत्यु भ##एको छ ।
गए राति आफ्नै घरमा आगो बालेर सुतेका ५२ वर्षीय पदमबहादुर थिङ र उनका श्रीमती ४५ वर्षिया फुलमाया थिङको मृत्यु भएको हो ।
घरमै कोइला बालेर सुतेका उनीहरूको बिहान मृत्यु भएको साँखु प्रहरी चौकीले जनाएको छ ।
बिहान उनका छोराले प्रहरीलाई खबर गरेपछि अहिले घटनास्थल पुगेको टोलीले थप अनुसन्धान थालेको छ ।
केही दिनअघि भक्तपुरमा पनि घरभित्रै आगो बालेर सुतेका दम्पती गम्भीर बिरामी पर्दा ३ महिनाका छोराको निसास्सिएर मृत्यु भएको थियो ।

nijgadh-supermart-adz1200-630