विमल घर्तीकाे गाेलले एक दशकपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालकाे जीत
वि.सं.२०७८ माघ १५ शनिवार २०:०८
891
shares

काठमाडौँ : नेपालले एक दशकपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा जीत हात पारेको छ । शनिबार दशरथ रङ्गशालामा भएको मैत्रीपूर्ण खेलमा मरिससलाई १-०ले हराउँदै नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पहिलो जित निकालेको हो ।
नेपालको जितमा विमल घर्तीमगरले गोल गरे । २ बर्षपछि राष्ट्रिय टिममा फर्किएका विमलले गोल गरेका हुन् ।
नेपाल र मरिससको अर्को मैत्रीपूर्ण खेल मंगलबार हुनेछ । नेपालले यसअघि सन २०११ मा भुटानलाई मैत्रीपूर्ण खेलमा हराएको थियो ।
वि.सं.२०७८ माघ १५ शनिवार २०:०८
















