skip this

निजगढमा सरसफाइ अभियान (फाेटाे फिचर)

1.96K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराकाे निजगढ नगरपालिकामा सडक सरसफाइ अभियान सुरु भएकाे छ ।

निजगढ नगर प्रमुख सुरथ पुरीकाे अगुवाइमा बुधबारदेखि अभियान सुरु भएकाे हाे ।

अभियान शुभारम्भमा निजगढ नगरपालिकाका प्रमुख पुरी, उपप्रमुख साेममाया थिङ, प्रमुख प्रशासकीय अधिकृत सुमन धिताल, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु,निजगढ स्थित सुरक्षा निकायका प्रमुखहरु, विभिन्न सामाजिक संघ/संस्थाका प्रमुख एवं प्रतिनिधिहरु,कर्मचारीहरु, स्वयंसेविकाहरु लगायतकाे सहभागिता रहेकाे थियाे ।

निजगढ नगरपालिकास्थित इलाका प्रहरी कार्यालय, निजगढ अगाडीको स्थानबाट सडकका दायाँ बायाँ रहेका फोहोरहरु संकलन गरी शुरु भएको उक्त सरसफाई कार्य शहिद चोक हुँदै बुद्ध चोक पुगी पुनः सहिद चोकमा आई समापन भएको थियो ।

कार्यक्रमको समापनमा नगर प्रमुख पुरीले निजगढ नगरपालिकाले शुरु गरेको बृहत सफाई अभियानले फोहोरमैला व्यवस्थापनमा नगरवासीहरुलाई सचेत गराउँदै स्वच्छ एवं सफा नगर राख्नका लागि टेवा पुर्याउने विश्वास व्यक्त गरे । उनले फोहोरमैलाको दिगो व्यवस्थापनका लागि निजगढ नगरपालिकाले कार्य गरिरहेको र सोको प्रभावकारी ढंगले व्यवस्थापन कार्य गर्न सबै राजनैतिक दलहरु, सामाजिक संघ/संस्था, नागरिक समाज, सुरक्षाकर्मीहरु एवं नगरवासीहरुको साथ, सहयोग एवं समन्वयका लागि अनुरोध गरे ।

सरसफाई अभियान टोल विकास संस्था एवं सामाजिक संघ संस्थाहरुलाई परिचालन गरी सबै वडाहरुमा संचालन गर्न सबै वडा कार्यालयहरुलाई उनले अपिल समेत गरे ।

nijgadh-supermart-adz1200-630