सप्तरीमा राष्ट्रपतिको पुत्ला दहन
वि.सं.२०७९ असोज ५ बुधवार २१:११
903
shares

सप्तरी-जनता समाजवादी पार्टी नेपालले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेको भन्दै बुधबार राजविराजमा राष्ट्रपतिको पुतला दहन गरेको छ ।
राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको ठाडो उलङ्घन गरेको भन्दै संविधान विरोधी राष्ट्रपतिको पुतला जलाईएको जसपाका अध्यक्ष केदार प्रसाद यादवले बताए ।
अध्यक्ष यादवको नेतृत्वमा निस्केको जेलुस नगरको विभिन्न स्थानको परिक्रमा गरी स्थानीय जनआन्दोलन चोकमा पुतला दहन गरेको हो ।
वि.सं.२०७९ असोज ५ बुधवार २१:११
















