skip this farak Kura Pravakar

‘निजगढ सिटी, एभोकाडो सिटी अभियान’ शुभारम्भ (फोटो फिचर)

कसरी चलाईन्छ अभियान ?

2.84K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–नेकपा (माओवादी केन्द्र) का युवा नेता रविराज दंगालले बेला–बेलामा विभिन्न अभियान सञ्चालन गर्दै आएका छन् ।

राजनीतिकर्मीसंगै अभियन्ताका रुपमा समेत परिचित दंगालको नेतृत्वमा फास्ट ट्रयाक पैदल यात्रा समेत भएको थियो ।

विभिन्न सार्वजनिक सरोकारका विषयमा अभियान चलाउ“दै आएका दंगालले अर्को नया“ अभियान थालेका छन् ।

कंक्रिट विकास र कागजी विकासमा मात्र नरुमलिएर स्वच्छ वातावरण, स्वास्थ्य र आर्थिक उपार्जनको लागि दंगालले निजगढ एभोकाडो सिटी अभियान थालेको बताएका छन् ।

औपचारिक रुपमा सुरु

‘निजगढ सिटी, एभोकाडो सिटी अभियान’ को शनिबार औपचारिक रुपमा शुभारम्भ गरिएको छ ।

निजगढ–५ बागदेवस्थित सार्वजनिक माध्यमिक विद्यालय परिषरमा एभोकाडो रोपेर अभियानको शुभारम्भ गरिएको हो ।

विरुवा रोप्ने अभियानमा राजनीतिकर्मी, जनप्रतिनिधि, शिक्षक, सुरक्षाकर्मी र स्थानीयको सहभागिता रहेको थियो ।



कसरी चलाईन्छ अभियान ?

निजगढ नगरकै करिब १२ हजार घरमा पुर्‍याउने, हुर्काउने र उत्पादन लिने ढंगले अभियान संचालन गर्ने दंगालको योजना छ ।

अभियानमा आन्तरिक रुपमा हालसम्म ८७ जना जोडिसको र अझै धेरै साथीहरु जोडिने क्रममा रहेको दंगालले जानकारी दिए ।

‘यो अभियान सम्पन्न गर्न कम्तिमा २५ हजार बिरुवा आवश्यक पर्छ,’ दंगालले भने–‘यो अभियानको लागि म स्वयम्ले प्रत्यक वडा २०० बोट खरिद गर्नेछु भने बाँकी बिरुवा हामी साथीभाईहरु मिलेर खरिद गरिरहेका छौ । यो हामी सबैको अभियान हो । त्यसैले सवै वडामा यसको माग भईरहेको छ ।’

सकेसम्म सबै घरमा यहि वर्ष पुग्ने सोचमा भए पनि विरुवाको उपलब्धता, आर्थिक व्यवस्थापन र वडाको घरधुरी अनुपातमा अभियान संचालन गर्न सहज नभएको दंगाल बताउँछन् ।

यो वर्ष निजगढ वडा नं. ३ सिंगौल, निजगढ वडा नं ५ र निजगढ वडा नं. १२ रतनपुरतर्फ यो अभियान शुरु गर्ने र संम्भव भएसम्म अन्य वडामा पनि पुग्ने योजना रहेको उनले जानकारी दिए ।

के छ एभोकाडोको फाईदा

एभोकाडो फल विशेषतः मानव शरिरको लागि आवश्यक सम्पूर्ण तत्वहरु पाईने एक प्रकारको उत्तम फल हो । यसको बारेमा विभिन्न अध्ययन अनुसन्धान भएका छन् । यो फललाई विशेषत विदेशी भनिएपनि अनुकुलतामा फल हुने स्थानमा लगाएर स्वास्थ्यका लागि खान, आर्थिक उपार्जन गर्न र वातावरणिय दृष्टिकोणले अति प्रभावकारी छ ।

एभोकाडो फल एकै बोटमा १०० केजि देखि २०० केजि सम्म फल लाग्छ । यसलाई रोप्ने मात्र होईन समय–समयमा राम्रो हेरचार र मल हालेपछि फल राम्रोसँग फलेको थुप्रै उदाहरण निजगढमै छ ।

nijgadh-supermart-adz1200-630