निजगढ नगर कार्यपालिका सदस्य चौरेलले गरिन शैक्षिक सामाग्री सहयोग
वि.सं.२०८० साउन १७ बुधवार २२:१५
1.46K
shares

बारा–निजगढ नगर कार्यपालिका सदस्य मिरा चौरेलले शैक्षिक सामाग्री सहयोग गरेकी छिन् ।
निजगढ–१३ डम्बरपुरस्थित श्री शिवशक्तेस्वर आधारभुत विद्यालयलाई कार्यपालिका सदस्य चौरेलले आफ्नै खर्चमा करिब १० हजार बराबरको शैक्षिक सामाग्री सहयोग गरेकी हुन् ।
प्रजा जातिका विद्यार्थी दलित तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई कार्यपालिका सदस्य चौरेलको सहयोगले राहत पुग्ने शिक्षिका पवित्रा काफ्ले न्यौपानेले बताईन् ।
कार्यक्रममा समाजसेवी कल्पना खरेल, शिक्षक पवन बि.क लगायतको उपस्थिति रहेको थियो ।
वि.सं.२०८० साउन १७ बुधवार २२:१५


















