skip this

२४ घण्टा नबित्दै पथलैयाबाट जीतपुर सारियो निर्वाचन अधिकृतको कार्यालय

1.14K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बारामा सबै क्षेत्रमा निर्वाचन कार्यालय स्थापना भएको २४ घण्टा नबित्दै एउटा कार्यालय सारिएको छ ।

जिल्ला निर्वाचन कार्यालय कलैयाका प्रमुख सरोज चौधरीका अनुसार क्षेत्र नं. ४ को जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैयामा कार्यालय स्थापना भएको २४ घण्टा नबित्दै शुक्रबार जीतपुर सारिएको हो ।

प्रादेशिक स्वास्थ्य तालिम केन्द्रमा बिहिवार उद्घाटन गरिएको निर्वाचन अधिकृतको कार्यालय उपमहानगरपालिकाको कार्यालयमा सारिएको हो । नयाँ कार्यालयको उपमहानगरपालिकामा स्थापना गरिएको कार्यालयको नगर प्रमुख राजन पौडेलले उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा निर्वाचन अधिकृत कर्णबहादुर राई, ईलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिना, वडाध्यक्ष भोजबहादुर खत्रीलगायतको उपस्थिती रहेको थियो ।

निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृतसहित सात जना कर्मचारी खटिएका छन् । कार्यालयमा सहायक निर्वाचन अधिकृत सागर भण्डारी, सहायक कर्मचारी सन्तोष चौधरीसहित कम्प्युटर अपरेटर, लेखापाल र कार्यालय सहयोगी छन् । कार्यालयको सुरक्षार्थ सात जना सशस्त्र प्रहरी खटिएका छन् ।

बारा क्षेत्र नं. १ को कोल्हवीमा, क्षेत्र नं. २ को महागढीको बरियारपुर, क्षेत्र नं. ३ को कलैयास्थित जिल्ला समन्वय समिति बाराको कार्यालयमा स्थापना गरिएको छ ।

nijgadh-supermart-adz1200-630