skip this hetauda tech

कृषिप्रति आकर्षण र आत्मनिर्भरताप्रति ध्यानाकषर्ण गराउन ७० वर्षको उमेरमा पैदल यात्रा : नित्यानन्द शर्मा (अन्तर्वाता)

927 shares
oil-nigam-amlekhgunj-adv.jpeg

उमेर ७०, गन्तव्य १०२८ किलोमिटर ! याे मेची महाकाली पैदल यात्रा निस्केका सर्लाहीकाे बागमती नगरपालिका-११ पुतलिचाेकका स्थानीय नित्यानन्द शर्मा कँडेल बौधी कालि गाउँपालिका–१ मचेडी नवलपरासी बर्दघाट सुस्तापूर्व, नवलपुरमा जन्मिएका कँडेल अवकाशप्राप्त शिक्षक हुन् । १८ औं दिनमा बारा आईपुगेका उनले तीन सय ४६ किलो मिटर यात्रा तय गरिसकेका छन् । उनकाे यात्राकाे अनुभुती र उदेश्यबारेमा फरक नेपाल डट कमकाे लागि महेश्वर अधिकारीले गरेकाे कुराकानी :

यात्रा कहिले सुरु गर्नुभयो ?

२०८० कार्तिक ७ को विजय दशमीको साईतमा सलार्हीस्थित घरबाट यात्रु बस चढेर काँकडभित्ता पुगेँ । रातको ९ बजे पुगेको थिएँ, त्यो रात होटलमा बास बसेर विहान ईलाका प्रहरी कार्यालयमा गएँ र आफ्नो परिचयका साथै योजनाको बारेमा जानकारी गराएपछि पूर्वको सीमाना मेचीमा पु¥याई दिनुभयो । ८ कार्तिकबाट मैले मेचीबाट मैले यात्रा प्रारम्भ गरेँ ।

मैले यात्रा सुरु गरेदेखी मलाई बाटोमा ठाउँ–ठाउँमा रोकेर स्वागत, माया र प्रेम दिएका छन् । त्यसले मलाई यात्रा गर्न झन–झन उर्जा मिलेको छ । मनोबल बढ्दै गएको छ । यात्रा शुभकामनासँगै पानी, चिया, दक्षिणापनि पाएँ । खुसीले दिएको मैले ग्रहण गर्ने गरेको छु । यसले मलाई थप बलियो बनाएको महसुस गरेको छु ।

एकैदिन धेरै बल गर्न सकिदैन । कतिपय ठाउँमा जंगल पनि थियो । त्यहाँ डर पनि लाग्यो । धैर्य गर्दै अघि बढेको छु ।

नित्यानन्द शर्मा कँडेललाई स्वागत गर्दै निजगढका स्थानीय ।

यात्राको उद्देश्य के हो ?

मेरो यात्राको उद्देश्यले नेपालको कृषिको अवस्था र आत्मनिर्भरताबारे सरकारको ध्यानाकषर्ण गराउनु रहेको छ । मैले ४ वटा बुदामा समेटेर सरकारसँग माग अघि सारेको छु ।

पहिलो माग हाम्रो देश नेपाल कृषि प्रधान देश भएको सन्दर्भमा कृषि उत्पादनको पहुँच र निर्यातमा जोड दिई आत्मनिर्भर देश बनाउनुपर्ने ।

दोस्रो देशका सम्पूर्ण राष्ट्रसेवक कर्मचारी र जनप्रतिनिधिहरुले स्वदेशमै उत्पादित र निर्मित पोशाक अनिवार्य रुपमा प्रयोग गर्नु गराउनुपर्ने ।

तेस्रो राष्ट्रियता, राष्ट्रिय संस्कार तथा साँस्कृतिक सरंक्षण, संम्वर्धन र प्रबर्धन गर्ने अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्नुपर्ने माग अघि सारेकाे छु ।

चौथो बिदेशी मदिरा लगायत अन्य बिलासिताका बस्तुहरुको आयातमा प्रतिस्थापना गर्नुपर्ने रहेको छ ।

पैदल यात्री नित्यानन्द शर्मा कँडेल ।

कहिलेसम्म पुग्नु होला त गन्तव्यमा ?

ठ्याक्कै भन्न त सकेको छैन, अहिले म दैनिक १८ देखि २० किलो मिटरको रेसियोमा हिडिरहेको छु । ठाउँ अनुसार व्याक र अग्रगामी हुनु पर्ने रहेछ । दुई महिनाभित्र मैले मेरो लक्ष्य भेट्याउने छु भन्ने विश्वास छ ।

उमेरले ७० लाग्दा समेत तपाईमा देखिएको यो जोश चाँहि कहाँबाट आयो ?

मलाई भगवान्, पितृले दैविक शक्ति नै दिएको जस्तो लाग्छ । अलि उमेर छँदै यो चिन्तन आएन । अहिले झल्यास्स भएँ म । हँ, साच्चै कुरा । ओहो ! फेरी भोली भोली भनेर हुदैँन । पक्कै पनि अब यो बेलामा म सरिक हुनुपर्छ भन्ने सोच आएकाे हाे ।

साउन २४ गतेको मेरो ७० वर्ष प्रवेशको जन्म दिन थियो । मलाई त्यो दिन कता–कताबाट यो विषयले छोयो । त्यहाँबाट यसलाई मनमा राखिरहेँ । वर्षातको समय थियो । त्यो बेला यात्रा गर्न सकिदैन । लगत्तै चाडबाड पनि आयो । त्यो बेलामा पनि हिड्न असहज होला भन्ने लाग्यो । असोज ३ गतेको लागि राम्रो साईत विचार गरेँ । त्यो बेला पनि सम्भव हुन सकेन ।

अब म त झन झन् व्याक हुनुपर्ने हो कि जस्तो लाग्न थाल्यो । त्यहि डरले अब दशैंको टिकाको साईत चाँही छोड्दिन भनेर त्यहिँ साईतलाई समातेर म अगाडी बढेँ ।

ठाउँ–ठाउँमा भईरहेको तपाईको स्वागत कार्यक्रमले कस्तो अनुभव बटुल्नु भएको छ ?

म भन्दा जेष्ठ नागरिकले पनि मलाई स्वागत गरिरहनु भएको छ । यो एकदमै मिठो माया, प्रेम, शुभकामना पाईरहेको छु । यसले म असाध्यै हर्षित छु । यसले म अगाडी बढ्न सक्छु भन्ने मनोबल बढ्दै आएको छ । भगवानको कृपाले, पितृहरुको आर्शिवादले सफल हुन सक्छु भन्ने आशा, विश्वास र भरोसा लिएको छु ।

यात्रा पश्चात देशका शिक्षित युवापुस्ता, देशप्रेमी, चेतनशील समुहलाई लक्षित गरि काठमाण्डौमा भेला राख्ने सोच बनाएको छु ।सरकारलाई ज्ञापन पत्र बुझाउने भन्ने किसिमको मेरो मनसाय रहेको छ । यसमा देशभरका दाजुभाई तथा दिदीबहिनीहरुको मैले सहयोगको अपेक्षा राखेको छु ।

nijgadh-supermart-adz1200-630