skip this

अहिले हामी छलफलमा जाँदैछौं, सरकारमा जाने–नजाने कुनै निर्णय भएको छैन–रवि लामिछाने

1.07K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चौथो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा जाने संकेत गरेको छ। नयाँ बानेश्वरमा सुरु हुन लागेको नयाँ सत्तासमीकरणको बैठकमा सहभागी हुने क्रममा राश्वपाका सभापति रवि लामिछानेले सरकारमा सहभागी हुने संकेत गरेका हुन्।

सभापति लामिछानेले भने,अहिले हामी छलफलमा जाँदैछौं। कुनै निर्णय भएको छैन। दलको बैठकमा सरकारलाई समर्थन र सहभागी हुने निर्णय गरेका छौं। आजको नयाँ समीकरणको बैठकमा छलफलपछि बाँकी कुरा बताउँने उनले बताएका छन् । उनले आजको बैठकको छलफलपछि मात्रै टुंगो लाग्ने बताएका छन्।

nijgadh-supermart-adz1200-630