बारामा कुटपिटबाट एक जनाको मृत्यु
वि.सं.२०७९ जेठ २४ मंगलवार ०९:५९

काठमाडौं । बारामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।आदर्श कोतवाल गाउँपालिका वडानम्बर ६ पटेर्वाका प्रभुप्रसाद कुशवाहाको मृत्यु भएको हो ।प्रभुको मृत्युपछि कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । स्थानीयवासी किशोरी कुशवाहा र रामप्रवेश महतोलाई पक्राउ गरी घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी राजेश थापाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार सोमबार दिउँसो ३ बजे पटेर्वामा जग्गा नाप्ने विषयमा विवाद भएको थियो ।विवाद चर्कदै गएपछि दुवै पक्ष कुटपिटमा उत्रिएका थिए । कुटपिटबाट घाइते भएका प्रभुलाई उपचारको लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा ल्याइएको थियो । उपचारकै क्रममा राति साढे ९ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
वि.सं.२०७९ जेठ २४ मंगलवार ०९:५९
















