skip this

चितवनमा कार, मोटरसाइकल र ट्यांकर ठोक्किँदा एक जनाको मृत्यु

1.2K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । मङ्गलबार साँझ ६ः४५ बजे  कार, मोटरसाइकल र ट्यांकर ठोक्किँदा चितवनमा एक जनाको मृत्यु भएको छ।पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ लेवाटारमा काठमाडौंबाट मुग्लिनतर्फ छुटेको प्रदेश ३–०१–०२३च ५०७४ नम्बरको कारलाई सोही दिशाबाट आउँदै गरेको बा७५प ६११६ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा कारको पछाडिपट्टिको साइडलाइटमा ठक्कर खाएको थियो।

त्यसपपछि विपरीत दिशाबाट आउँदै गरेको ना ७ख १३७१ नम्बरको तेल ट्यांकरमा ठक्कर खाँदा मोटरसाइकल चालक गोरखाको सहिद लखन गाउँपालिका–४ का अन्दाजी २२र२३ वर्षीय सन्तोष चेपाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

 

nijgadh-supermart-adz1200-630