विमान दुर्घटनामा परेका थप एक जनाको शव भेटियो
वि.सं.२०७९ माघ २ सोमवार १९:५२
1.45K
shares

पोखरा-यती एअरलाइन्स विमान दुर्घटनामा परेको बेपत्ता रहेका थप एकजनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय प्रमुख अजय केसीले फेला परेको शवलाई पोखरा विज्ञान प्रतिष्ठानमा ल्याइएको जानकारी दिए ।
योसँगै ७० जनाको शव फेला परेको छ । एसपी केसीले अज्ञात अवस्थामा रहेका २ जनाको भने भोलिमात्रै खोजी गरिने जानकारी दिए ।
‘त्यो खोंच दिउँसै पनि डेन्जर ठाउँ हो । राति नमिल्ने भएकाले भोलि बिहानैबाट खोजी गर्छौं,’ उनले भने । एसपी केसीका अनुसार शव खोज्न आज ड्रोनको प्रयोग गरिएको थियो । भोलि बिहान ४ वठा ड्रोनसहित सम्भावित ठाउँहरुमा खोजी गरिने उनले बताए ।
४ जना चालक दल र ६८ जना यात्रुसहितको विमान पुरानो पोखरा विमानस्थल नजिकैको सेती खोंचमा आइतबार बिहान दु्र्घटनामा परेको थियो ।
वि.सं.२०७९ माघ २ सोमवार १९:५२

















