skip this

बलात्कार आराेप एक जना पक्राउ

2.14K shares
oil-nigam-amlekhgunj-adv.jpeg

झापा– १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका २ बस्ने २० वर्षीय अजय शर्मा खत्वे रहेको प्रहरीले जनाएको छ ।

खत्वेले ती किशोरीलाई खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेलमा असोज १० देखि १७ गतेसम्म जबजरजस्ती जरणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय खोटाङ पठाइएको प्रहरीले जनाएको छ ।

 

nijgadh-supermart-adz1200-630