मकवानपुरमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु
वि.सं.२०७९ साउन २६ बिहीवार १२:४१
1.12K
shares

काठमाडौं । हेटौंडाको मकवानपुरमा एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा एम्बुलेन्सले ठक्कर दिँदा पैदल यात्रीको ज्यान गएको हो ।
मनहरी गाउँपालिका–९ को खराङमा हेटौंडाबाट मनहरी जाँदै गरेको ना २ च ४१६१ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । संखुवासभाबाट मनहरीस्थित छोरीको घर आएकी ५२ वर्षीया नमुना शेर्पालाई एम्बुलेन्सले ठक्कर दिएको हो ।ठक्कर दिने एम्बुलेन्स प्रहरी नियन्त्रणमा छ ।
वि.सं.२०७९ साउन २६ बिहीवार १२:४१

















